नेतृत्व र बर्चस्वको दौडमा नेता डा शेखर र गगन अग्रपंक्तिमा । के होला अब??

434 Shares

 भविष्यको खोजीमा पूर्व उपप्रधानमन्त्री देखि पूर्व गृहमन्त्री सम्म । दौडमा शेखर र गगन अग्रपंक्तिमा । के होला अब??

ने काँग्रेस पार्टी भित्र अहिले नेतृत्व र बर्चस्वको दौडधुप चलि रहेको छ। पार्टी सभापति शेराबहादुर देउवाले लामो समय सम्मा पार्टीमा आफ्नो बर्चस्व र नेतृत्व कायमै राखेका छन। भर्खरै नयाँपुस्ता का यूवा हरू जेनजी आन्दोलनलाई परिवर्तनकारी आन्दोलन बनाउन सफल भए पछि सबै पुराना पार्टी का नेताहरूलाई पाखा लगाएर नयाँ नेतृत्व को दौडमा पार्टी का नेताहरू भिडेका छन।

ने काँग्रेस का महामन्त्री द्वय गगन थाप र विश्व प्रकास शर्माले त नेतृत्व परिवर्तनका लागि देशै भरि विशेष महाधिवेशन को निम्ति हस्ताक्षर अभियान नै चलाएका छन।

उता पूर्व उपप्रधानमन्त्रीहरू बिमलेन्द्र निधि, बिजय गच्छदार, प्रकाश मान सिंह, पूर्व गृहमन्त्री कृष्ण प्रसाद सिटौला पूर्वमन्त्री रामशरण महत लगायतका पुराना नेताहरू शेरबहादुर देउबा को साथमा आफनो राजनैतिक भविष्य को खोजी मा दौडधुपमा लागेका छन। १४ महाधिवेशन देखि नै शेरबहादुर देउबा विरूद्ध भिडेका काँग्रेस का प्रभावशाली नेता डा शेखर कोइराला आफनो अडान मै कायम छन।

१४औ महाधिवेशन मा देउबा को निकटतम प्रतिस्पर्धा मा रहे का नेता डा शेखर कोइराला लगातार नियमित १५औ महाधिवेशनको अडान मा कसयमै रहेका छन।।

ने काँग्रेस बाट राजनैतिक अवसर कै कुरा गर्ने हो भने महामन्त्री गगन थापा पनि पटक पटक मन्त्री बनेर विवाद मा परेकै छन र आफनो बोली र अडान मा छैनन।

नेता कोइराला भने कहिले कुनै मन्त्रालय मा परेनन र विवाद रहित स्वच्छ छवि बोली र विचारमा अडान राख्ने पहिचान बनाउन सफल छन।

नेपाली काँग्रेस मा स्वच्छ छवि का नेता डा कोइराला नै नेतृत्व गरेर बलियो र भरोसायोग्य काँग्रेस हाँक्न सक्ने ब्यापक चर्चा मा छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार