चलचित्र नायक सलीम अन्सारीलाई जननायक को उपाधि सहित सम्मान

1.3k Shares

क्षेत्र नं. ५ का यूवाहरूबाट नायक सलीम अन्सारी ‘जननायक’ को उपाधि सहित सम्मानित मोरङ, कार्तिक ११ गते ।

मोरङ क्षेत्र नं. ५ का जेनजेड पुस्ताका युवाहरूले समाजसेवी युवा नेता तथा बलिउड नायक सलीम अन्सारीलाई ‘जननायक’ उपाधि सहित सम्मान गरेका छन्।

लोकआस्थाको महापर्व छठ पूजाको अवसरमा आयोजित सांस्कृतिक कार्यक्रममा हजारौंको उपस्थितिमा अन्सारीलाई सम्मान गरिएको हो।

दीर्घ समयदेखि जनसेवा, समानता र मानवअधिकारका क्षेत्रमा सक्रिय अन्सारी मधेस आन्दोलनमा योगदानका कारण ‘मधेसका हिरो’ का रूपमा चिनिन्छन्।

किसानका हकहितका लागि निरन्तर आवाज उठाउँदै आएका उनलाई ‘किसानका हिरो’ को उपाधिले पनि सम्मान गरिन्छ।

कोरोना महामारीका बेला आफ्नो ज्यान को जोखिम मोलेर पनि राहत लिएर पीडितको घरदैलोमा पुग्ने पहिलो व्यक्तिमध्ये एक रहेका अन्सारी बलिउडका दुई चलचित्रमा नायकका रूपमा देखा परिसकेका छन्।

जेनजेड युवा समूहका अनुसार अन्सारीको सामाजिक योगदान र नेतृत्व क्षमताको सम्मान स्वरूप उनलाई ‘जननायक सलीम अन्सारी’ को उपाधि प्रदान गरिएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार