अल्पमतमा पर्ने त्रासले प्रचण्डले छोडेको विभाजित माओवादी शर्माले नेतृत्व गर्ने।

522 Shares

काठमाडौं, १७ कार्तिक । नेकपा (माओवादी केन्द्र) का सचिवालय सदस्य जनार्दन शर्माले संयोजक पुष्पकमल दाहालसँग भेटवार्ता गरेका छन् ।

आज विहान प्रचण्ड निवास पुगेर शर्माले भेटका गरको हुन् । हिजो (आइतबार) साँझमात्र विभिन्न ८ दलबीच एकता घोषणा भएको छ ।

सो एकता घोषणालाई मुर्त रुप दिन यही कार्तिक १९ गते काठमाडौंमा बृहत एकता घोषणा हुँदैछ ।

त्यसअघि माओवादीले भोलि महाधिवेशन आयोजक समितिको बैठक बोलाएको छ । बैठकअघि जनार्दन प्रचण्डलाई भेट्न गएका थिए ।

सो भेटमा शर्माले आफू एकतापछिको पार्टीमा सहभागी नहुने स्पष्ट जवाफ दिएका हुन् ।

उनले आफूले वृहत वामपन्थी एकताको अभियान चलाउने जवाफ दिएको उनीनिकट उच्चस्रोतको दाबी छ । उनी तत्काल माओवादी पूनर्गठनको लागि लागिपर्ने बताईएको छ ।

त्यसको लागि उनले हिजो साँझदेखि नै आफू पक्षधर नेताहरुसँग छलफल थालेका छन् । आजको प्रचण्डसँगको उनको भेट लगभग बिदाई भेट नै भएको बताईन्छ । file photo

साभार : रिपोर्टर्स नेपाल 

फेसबुकबाट तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार